PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चलचित्रका कारण बलात्कारका घटना बढे : डिला संग्रौला



पहिलोपोस्ट

चलचित्रका कारण बलात्कारका घटना बढे : डिला संग्रौला

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा डिला संग्रौलाले पछिल्लो पटक बनेका चलचित्रका कारण बलात्कारका घटना बढेको आरोप लगाएकी छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय चलचित्र महोत्सवमा राजनीतिको आँखामा चलचित्र विषयक प्यानल डिस्कसनमा सांसद संग्रौलाले उक्त भनाई राखेकी हुन्।

"पछिल्लो चलचित्रमा राष्ट्र प्रेमभन्दा मायाप्रेम बढी भए", उनले भनिन्, "जसका कारण बलात्कारका घटना बढेका छन्। फिल्मकर्मीले यसबारे सोच्नुपर्ने हैन र?"

राजनीतिको ध्यान चलचित्रमा पर्न चलचित्रले पनि राजनीतिमा योगदान दिनुपर्ने उल्लेख गर्दै संग्रौलाले राजनीतिमा चलचित्र क्षेत्रको आकर्षक कम रहेको स्वीकारिन्।

राजनीति र चलचित्रको सम्बन्ध अन्योन्याश्रित रहेको दाबी गर्दै गर्दा सांसद संग्रौला भन्दै थिइन्, "चलचित्र क्षेत्रको राजनीतिप्रति जुन कम आकर्षक बन्यो, त्यसैले राजनीति पनि चलचित्र प्रति आकर्षित बन्न सकेन।"

अबका दिनमा हातेमालो गरेर अघि बढ्नुपर्ने उनको सुझाव रह्यो।

छलफलमा नेकपाका नेता ठाकुर गैरे, राजपाका महासचिव केशव झा र पत्रकार अरुणदेव जैसी सहभागी थिए। छलफलमा सेन्सर, राजनीतिक विषयका चलचित्र र राजनीतिक दलका घोषणापत्रमा चलचित्रलाई नसमेटिएको विषय उठेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell