PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

श्रीमतीको हत्या गरी १५ वर्षदेखि परार रहेका अभियुक्त पक्राउ



रासस

श्रीमतीको हत्या गरी १५ वर्षदेखि परार रहेका अभियुक्त पक्राउ

गौशाला : श्रीमतीको हत्या गरी १५ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ परेका औरही नगरपालिका-२ का विनोद सदा मुसहरलाई आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

मुसहरले विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका-२ (साविकका औरही गाविस वडा नम्बर ८) मा आफ्नी ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए।

प्रहरी निरीक्षक किशोर अचार्यले फरार रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको जानकारी दिए।

विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell