PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साजनमाथि किन चल्यो प्रहरीको गोली?



सविन ढकाल

साजनमाथि किन चल्यो प्रहरीको गोली?

काठमाडौं : काठमाडौंको गोलढुंगामा प्रहरीले साजन गुरुङलाई नियन्त्रणमा लिन गोली चलाएको छ। शुक्रवार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको गोलीले पटक पटक गुण्डागर्दीमा पक्राउ परेका साजन गुरुङलाई नियन्त्रणमा दुई राउण्ड गोली चलाएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। दुवै खुट्टामा गाेलि लागि घाइते भएका गुरुङकाे विर अस्पतालमा उपचार भइरहेकाे छ।

‘प्रहरीलाई नै गोली प्रहार गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो,‘ एसएसपी थापाले भने।

गुरुङ गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगीका रुपमा चिनिन्छन्। समिर अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। कारागारमा रहे पनि भित्रबाट नै उनले अपराध गतिविधि गर्ने गरेको खुलेको छ। समिरको अपराधिक गतिविधिसंग जोडिएपछि मंगलवार मात्र गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई केनद्रीय अनुसन्धा व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो।

गुरुङले केही दिन अघि केही उच्चतहका प्रहरीलाई मार्ने धम्की दिएको एसएसपी थापाले जानकारी दिए।

‘उच्च तहका प्रहरीलाई नै मार्ने धम्की दिएको जानकारी आएको थियो। त्यसैले हामीले खोजी गरिरहेका थियौं,' एसएसपी थापाले भने। धादिङ घर भएका तामाङ धादिङ र काठमाडौंमा गुन्डागर्दी गर्दै आएका छन्। 

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र गोली समेत बरामद गरेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell