1.jpg)
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरभाडामा बस्नेसँग प्राधिकरणले तोकेको दर भन्दा बढि महशुल लिने घरवेटीलाई कारवाही गर्ने बताएका छन्।
कार्यकारी निर्देशक घिसिङले विद्युत व्यापार गर्ने घरधनीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन्। प्राधिकरणले विद्युत महशुल प्रति युनिट १३ रुपैयाँ तोकेको भएपनि घरवेटीले प्रतियुनिट १५ देखि २० रुपैयाँ सम्म लिइएको भन्दै त्यस्ता घरधनीलाई कारवाही गरिने घिसिङले बताए। घरधनीले विद्युत महशुल आफुखुशी लिएर विद्युतको व्यापार गर्न नपाउने उनले बताए।
प्राधिकरणका उपकार्यकारी निर्देशक हरेराज न्यौपानेले घरधनीले जताभावि महशुल लिदा प्राधिकरणको छविलाई नै धुमिल पार्ने भएकाले कानुनी कारबाही गरिने बताए।
प्राधिकरणले घरेलु ग्राहकको हकमा प्रति युनिट ३ रुपैयाँदेखि अधिकतम १३ रुपैयाँ सम्म मात्रै महशुल तोकेको छ। त्यसमा पनि मासिक ४०० युनिट विद्युत खपत गर्नेले मात्रै १३ रुपैयाँका दरले विद्युत महशुल तिर्नुपर्ने न्यौपानेले बताए। अधिकांश ग्राहकले औषतमा १० रुपैयाँ विद्युत महशुल तिरिरहेको उनले बताए।