PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपा 'विप्लव' को झापा कार्यालयमा प्रहरीको छापा, जिल्ला सचिवसहित दुई पक्राउ



पहिलोपोस्ट

नेकपा 'विप्लव' को झापा कार्यालयमा प्रहरीको छापा, जिल्ला सचिवसहित दुई पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव'  नेपाल कम्युनिस्ट पार्टीको झापा बिर्तामोडमा रहेको पार्टी कार्यालयमा प्रहरीले छापा मारेको छ। बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि रहेको कार्यालयमा सोमबार राति छापा मारेको हो।

त्यस्तै प्रहरीले विप्लव समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन्।

विशेष सूचनाको आधारमा उनीहरुलाई प्रदेश नम्बर १ प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोली र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले संयुक्त अप्रेसन गरी पक्राउ गरेको थियो। विप्लव समूहले कार्यालय नै खोलेर काम गर्ने गरेको देखिएको छ। ‘घरमा अफिस नै खोलेको भेटियो। त्यहीं बस्ने र खाने समेत गर्ने गरेका रहेछन्,‘ एक प्रहरी अधिकृतले भने।

सेक्रेटरी मिश्रकै निर्देशनमा केही दिनअघि बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेड र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागत मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट प्रहरीले दुई थान पेस्तोल र चार राउन्ड गोलीसमेत बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell