PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बालुवाटारमा ने क पाका चार शीर्ष नेताहरुको बैठक



पहिलोपोस्ट

बालुवाटारमा ने क पाका चार शीर्ष नेताहरुको बैठक

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  ने क पाका चार जना शीर्ष नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आजको बैठक बिहान ८ बजे सुरु भएको हो।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन्। बैठकमा पार्टीले अबका दिनमा लिनुपर्ने रणनीतिबारे पनि छलफल भइरहेको प्रेस सल्लाहकार अर्यालले बताए।

यिनै चार नेताहरु सोमबार पनि बैठक बसेर छलफल गरेका थिए।  बैठकमा वर्तमान राजनीतिक परिस्थितिको आकलन गरी पार्टी र सरकारलाई कसरी अघि बढाउने सम्बन्धमा छलफल भइरहेको बुझिएको छ। पार्टी एकताका बाँकी प्रक्रियाका विषयमा पनि बैठकमा छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell