PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

साफ यू १८ का लागि नेपाली खेलाडीको घोषणा



पहिलोपोस्ट

साफ यू १८ का लागि नेपाली खेलाडीको घोषणा
तस्बिर: एन्फा

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गतको १८ वर्ष मुनिको फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

पोखरामा आठ दिन लामो अभ्यासपछि मुख्य प्रशिक्षक श्रेष्ठले नेपाली टोलीको घोषणा गरेका हुन्।

गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ अन्तिम छनोटबाट बाहिरिएका हुन्।

साफ यू १८ मा नेपालले असोज ३ गते माल्दिभ्सविरुद्ध खेल्नेछ। त्यस्तै, दोस्रो खेलमा ५ गते भुटानसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ।

समूह ए मा नेपालसहित भुटान र माल्दिभ्स रहेका छन्। यता समूह बीमा भने बंगलादेश, भारत र श्रीलंका रहेका छन्। प्रतियोगिता असोज ३ गतेदेखि १२ गतेसम्म सशस्त्र प्रहरीको मैदानमा हुनेछ।

तेस्रो संस्करणको रुपमा आयोजना हुन गइरहेको प्रतियोगितामा नेपाल साबिक विजेता हो। नेपालले पहिलो र दोस्रो संस्करणमा नै भारतलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको थियो।

नेपाली टिम

गोलकिपर: विशाल सुनार, सूर्य अधिकारी, पूजन होना

डिफेन्डर: विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा, अन्जल महर्जन

मिडफिल्डर: शिशिर लेखी, रोशन राना मगर, आकाश बूढा मगर, जय गुरुङ, मनिष थापा, कुशल फुँयाल, नितिन थापा

फरर्वाड: ब्रिजेस चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell