PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गायक राजेशपायल राईको घरमा आगलागी



पहिलोपोस्ट

गायक राजेशपायल राईको घरमा आगलागी

काठमाडौं : चर्चित गायक राजेशपायल राईको घरमा आगलागी भएको छ। बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो।

आगलागीबाट मानवीय क्षति नभए पनि राईको अवार्डहरुसहित प्रमाणपत्रहरु जलेको छ। यतिबेला राई सांगीतिक कार्यक्रमको लागि विदेशमा छन्।

सांगीतिक कार्यक्रममा विदेश पुगेका राईले यस्तो दुःखद घडीमा पनि घर आउन नसकेको भन्दै जलेको घरको फोटोसहित फेसबुकमा लामो स्टाटस लेखेका छन्। उनले लेखेका छन्, 'यो घडीमा अहिले घरमा आउन सकिनँ, सक्दिनँ पनि। मसँग पेशा छ, अनि बाध्यता पनि र आयोजकसँग अझै अमेरिका र क्यानडामा दुई महिनाको कार्यक्रमको एग्रिमेन्ट छ। तर यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग नेपाल प्रहरी दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन।' 

उनको दुःखमा महानायक राजेश हमालले पनि सहानुभूति व्यक्त गरेका छन्। हमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै लेखेका छन्, 'सबैजना सजग रहनु, राजेश पायल राईजीको घरमा आगो लाग्यो। उहाँको सबै सम्मानपत्र जलेको छ। तर, उहाँको हिम्मत र हाम्रो दोस्ती कहिलै जल्दैन।'

राजेश हमाल र राजेश पायल राईको सम्बन्ध निकै प्रगाढ छ। राजेश हमालको धेरै फिल्ममा राजेश पायल राईले आफ्नो स्वर दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell