PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

च्याम्पियन्स लिग: बार्सिलोना बराबरीमा रोकियो, चेल्सी र लिभरपुल पराजित



पहिलोपोस्ट

च्याम्पियन्स लिग: बार्सिलोना बराबरीमा रोकियो, चेल्सी र लिभरपुल पराजित

च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ। समूह 'एफ' को खेलमा जर्मन क्लब ड्रटमन्ड र बार्सिलोनाले गोलरहित बराबरी खेलेका हुन्।

खेलको ५७ औं मिनेटमा पाएको पेनाल्टीको अवसर गुमाएपछि ड्रटमन्ड अंक बाँड्न बाध्य भएको हो। हिजो भएको खेलबाट बार्सिलोनाका कप्तान लियोनेल मेस्सी टिममा फर्किएका छन्। पिँडुलामा लागेको चोटका कारण मेस्सी पछिल्लो समय टोलीमा समावेश थिएनन्।

चेल्सी पराजित
खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा चुकेपछि इङलिस क्लब चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासँग पराजित भएको छ।

प्रतिस्पर्धात्मक खेलमा भ्यालेन्सियाका लागि ७४ औं मिनेटमा रोड्रिगोले गोल गरेका थिए। त्यस्तै ८७ औं मिनेटमा चेल्सीले पेनाल्टीको मौका पाएको थियो। तर, मौकाको सदुपयोग गर्न नसक्दा खेलमा पराजित हुन पुग्यो। चेल्सीका लागि बार्लेले प्रहार गरेको पेनाल्टी गोल हुन सकेन।

लिभरपुल नापोलीसँग स्तब्ध
साविक विजेता लिभरपुल गएराति भएको खेलमा नेपोलीसँग पराजित भएको छन्। नापोलीले लिभरपुललाई २–० ले स्तब्ध पारेको हो।

नापोलीका लागि ८२ औं मिनेटमा मार्टिन्सले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ९० औं मिनेटमा लोरेन्टले गोल गर्दै नापोलीको जित सुनिश्चित गरे।  

आयाक्सको रवाफिलो जित
डच क्लब आयाक्सले फ्रेन्स क्लब लिलीमाथि ३–० को सहज जित निकालेको छ। आयाक्सले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गरेको थियो। आयाक्सका लागि एन्टोन प्रोमेसले खेलको १८ औं मिनेटमा पहिलो गोल गरेको थिए। त्यस्तै ५० औं मिनेटमा एल्भरेजले गोल गर्दै आयाक्सलाई २ गोलको अग्रता दिलाए। त्यसको १२ मिनेट पछि निकोलस ट्याग्लियाफिकोले गोल गर्दा आयाक्सले च्याम्पियन्स लिगको पहिलो खेलमै ३–० को सहज जित निकाल्न सफल भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell