PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

घटनास्थलमा छोडेको पाइन्ट र घडीले १७ वर्षपछि भरतलाई प्रहरीको फन्दामा पुर्‍यायो



पहिलोपोस्ट

घटनास्थलमा छोडेको पाइन्ट र घडीले १७ वर्षपछि भरतलाई प्रहरीको फन्दामा पुर्‍यायो

काठमाडौं : नुवाकोट ककनी गाउँपालिका वडा नम्वर ५ घर भएकी ७० वर्षीया पदमकुमारी गुरुङको हत्यामा संलग्न एक जनालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलवार नुवाकोट ककनी घर भएका ५८ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको हो।

२०५९ माघ २० गते पदमकुमारी बेपत्ता भइन्। स्थानीय लालबहादुर तामाङको छोराको छेवरमा गएकी उनी घर नफर्किएपछि परिवारले खोजी गरे। भोलिपल्ट बिहान लालबहादुर तामाङको मकै बारीमा पदमकुमारी भेटिइन्। तर मृत अवस्थामा। शरीरको माथिल्लो भागमा चोली मात्र रहेको र तल्लो भाग निर्वस्त्र रहेको अवस्थामा पदमकुमारीको शव फेला परेको थियो।

घटनास्थलमा कालो रंगको पाइन्ट र पाइन्टमा खैरो रंगको छालाको पेटी तथा हातमा लगाउने नाडीघडी समेत फेला परेको थियो। प्रहरीको अनुसन्धानमा सो सामान भरत सुनारको भएको देखियो। प्रहरीले भरतलाई खोजी गर्न थाल्यो। तर भरत गाउँमा भेटिएनन्। घटनापश्चात् निज प्रतिवादी भरत सुनार गाउँ छाडी लामो समयसम्म भारत गई बसेकोमा हाल चितवनमा बसोवास गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

लालबहादुर तामाङको छोराको छेवर सकिएपछि नाचगानको कार्यक्रम रहेको र त्यही क्रममा दुई जनाबीच विवाद भएको देखिएको छ। कार्यक्रम सकिएर घर फर्कन लाग्दा भरतले पदमकुमारीको टाउकोमा ढुंगा प्रहार गरेको खुलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell