PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाँके घटनाको दोषीलाई कारबाही नगरे कांग्रेसले आज पनि सदन अवरुद्ध पार्ने



पहिलोपोस्ट

बाँके घटनाको दोषीलाई कारबाही नगरे कांग्रेसले आज पनि सदन अवरुद्ध पार्ने

काठमाडौं: नेपाली कांग्रेसले बाँके घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता सरकारले नगरे आज पनि सदन अवरुद्ध गर्ने जनाएको छ।

आज १ बजेका लागि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक शुरु भएको छ। अहिले संसदको बैठकको तयारी चलिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बताए। 

आजको सदनमा कांग्रेसले सरकारको जवाफ माग्ने र बाँके घटनाको दोषीलाई कारबाही नगरे सदन अवरुद्ध गर्ने तयारी रहेको खाणले पहिलोपोस्टसँग बताए।

'सरकारले जवाफ नदिए हामी सनद अवरुद्ध गर्छौ,' खाणले भने। 

कांग्रेसको जागरण अभियानका क्रममा बाँकेकी सभापति किरण कोइराला भदौ २७ गते घाइते भएपछि कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्दै आएको छ। 

सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आइतवार संसद सुचारु गराउने सहमति भएको थियो। बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको थियो।

सहमति अनुरुप संसद सुचारु भएपनि नेकपाका सांसद नन्दलाल रोकाले आपत्ति जनाएपछि कांग्रेसले संसद अवरुद्ध गरेको थियो। सोमबार संसद स्थगित भएपछि सभामुखले आजको लागि सदन सारेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell