PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संघीय संसदको अधिवेशन आज अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने



पहिलोपोस्ट

संघीय संसदको अधिवेशन आज अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँः संघीय संसद्को चालु बजेट अधिवेशन आज अन्त्य हुँदैछ। चालु अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो। बजेट अधिवेशनको अन्त्यपछि दशैं, तिहार तथा छठलगायतका पर्वपछि हिउँदे अधिवेशन आह्वान हुनेछ।

सरकारको सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्यको जानकारी पत्र संसदलाई पठाउने प्रचलन छ। उक्त पत्र प्राप्त भएपछि अधिवेशन अन्त्य गरिन्छ।

चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो। यस्तै, बजेट अधिवेशनकै अवधिमा कर्मचारी समायोजन, प्रहरी समायोजन तथा प्रहरीको समन्वय सम्बन्धी विधेयक पारित भएका थिए। चालु अधिवेशनले भूमि विधेयक, वन विधेयक, राहदानी विधेयक, वातावरण विधेयक, विज्ञापन नियमन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक विधेयक पनि पारित गरेको छ। आर्थिक कार्यविधि सम्बन्धी विधेयक पनि चालु अधिवेशनबाट पारित भएका छन्।

लामो समयदेखि समितिमा विचाराधीन रहेका नागरिता तथा संघीय निजामती सेवा गठन, मानव अधिकार आयोगको ऐन संशोधन लगायतका विधेयक योपटक पनि पारित हुन सकेनन्।

विवादका कारण रोकिएका मिडिया काउन्सिल विधेयक, लोक सेवा आयोग विधेयक भने प्रक्रियामा गएका छन्।

प्रधानमन्त्रीले सम्बोधन गर्ने

यस्तै अधिवेशन अन्त्यका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले बिहीबारको दोस्रो बैठकमा सम्बोधन गर्नेछन्। बिहीबार दुई बैठक बस्दैछन्।

सम्बोधनका लागि प्रधानमन्त्री ओलीले समय माग गरिसकेका छन्। यस्तै, प्रमुख विपक्षी दलसहितका अन्य दलका शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell