PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बलात्कारको कसुरमा १० वर्ष कैद सजाय



पहिलोपोस्ट

बलात्कारको कसुरमा १० वर्ष कैद सजाय

स्याङ्जाः एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका -२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ। न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए।

आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी किशोरीका आफन्तले  वैशाख १६ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell