PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संविधान दिवसमा ६३४ जनालाई मानपदवी र पदकः दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप, कसलाई कुन पदक (हेर्नुस् सूची)

संविधान दिवसमा ६३४ जनालाई मानपदवी र पदकः दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप, कसलाई कुन पदक (हेर्नुस् सूची)

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई मानपदवी, अङ्कार र पदकद्वारा सम्मानित गरिएको छ। गृह मन्त्रालयका अनुसार ६३४ जनालाई सम्मानित गरिएको छ।

यो वर्ष महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट स्व. मदनमणि दीक्षित र रवीन्द्रप्रसाद अधिकारीलाई सम्मानित गरिएको छ। वरिष्ठ साहित्यकार दीक्षित र पूर्व पर्यटनमन्त्री समेत रहेका अधिकारीलाई मरणोप्रान्त सम्मान गरिएको हो। दीक्षितको यही साउन ३० गने निधन भएको थियो। अधिकारीको ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा परी गत फागुन १५ गने निधन भएको थियो।

उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाबट प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललाई सम्मानित गरिएको छ। 

यस्तै, सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, तथा स्व. पर्यटन व्यवसायी आङछिरीङ शेर्पा समेत सात जनालाई सम्मानित गरिएको छ।

उज्ज्वल कीर्तिमय राष्ट्रदीप प्रा.डा. भगवान कोइरालासहित आठ जनालाई प्रदान गरिएको छ। गृहका अनुसार सुप्रवल जनसेवाश्री ११३, कीर्तिमय राष्ट्रदीप ७, प्रवल जनसेवा श्री (चुतर्थ) २०२, जनसेवा श्री (पञ्चम श्रेणी) ११० जनालाई प्रदान गरिएको छ। 

नागरिक तथा राष्ट्रसेवकले प्राप्त गर्ने अङ्कारबाट ७ विभूषित हुने भएका छन्।

नेपाली सेनाले मात्र प्राप्त गर्ने परम पौरखबाट सहायक रथी विनोद पाण्डे विभूषित भएका छन्।

सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप सुभूषण ३० जनाले प्राप्त गरेका छन्। नेपाली सेनाले मात्र प्राप्त गर्ने अतिपौरख भाष्करबाट २०, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप आभूषणबाट २३, समाजसेवा रत्नबाट १६, नेपाली सेनाले मात्र प्राप्त गर्ने महापौरख भाष्करबाट ४३, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप भूषणबाट १६ जना सम्मानित भएका छन्।

पदतफर्त लोकश्री १, राष्ट्रसेवक २, सत्कार्य पदक १, शिक्षाज्योति पदक ५, सगरामाथा पदक १, सुकीर्ति पदक ६, वीरता पदक ५ र शौर्य पदक ६ जनालाई प्रदान गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell