PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एएफसी यू १६: नेपालले बलियो ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एएफसी यू १६: नेपालले बलियो ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने
अघिल्लो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै नेपाली टोली। तस्बिरः कुवेत फुटबल एसोसिएसन

एएफसी यू १६ छनोटमा नेपाली टोलीले बलियो ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। खेल आज बेलुकी १०:४५ बजे जोर्डनस्थित प्रिन्स मोहम्मद स्टेडियममा सुरु हुने छ।

ताजकिस्तान नेपाल रहेको समूहको एक बलियो टोली हो। नेपाल रहेको समूह 'ए' मा ताजकिस्तानले २ खेल खेल्दै दुवै खेलमा जित हाँसिल गरेर ६ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ। उसले यसअघि श्रीलंका र कुवेतमाथि जित हात पारेको थियो।

यता समान २ खेल नै खेलेको नेपालले पहिलो खेलमा पराजित भएको थियो भने दोस्रो खेलमा बराबरीमा रोकिएको थियो। पहिलो खेलमा घरेलु टिम जोर्डनसँग नेपालले ७–० को लज्जास्पद हार व्यहोरेको थियो। यद्यपि दोस्रो खेलमा भने नेपालले खेलमा पुनरागमन गर्दै कुवेतलाई १–१ बराबरीमा रोकेको थियो।

नेपाल रहेको समूहमा नेपाललगायत घरेलु टिम जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन्। अंकतालिकामा समान २ खेल खेलेर दुवै खेलमा जित निकालेका ताजकिस्तान र जोर्डन क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन्। त्यस्तै ३ खेल खेलेर १ जित, १ बराबरी र १ पराजय भोगेको कुवेत तेस्रो स्थानमा छ।

नेपाली टोली भने २ खेल खेल्दै १ जित र १ बराबरी खेल्दै अंकतालिकाको चौथो स्थानमा छ। त्यस्तै ३ खेल खेलेर कुनै अंक जोड्न नसकेको श्रीलंका अंकतालिकाको पुछारमा छ।

यसअघि नेपाली यू १५ टोली दक्षिण एसियाली खेलकुदमा उपविजेता बन्न सफल भएको थियो। साफ खेलेका  कप्तान प्रदीप लम्सालसँगै तीन खेलाडी भने बढी उमेरका कारण टोलीमा समावेश छैनन्। प्रतियोगितामा ४८ वटा देशले भाग लिनेछन्।

नेपालले अर्को खेलमा असोज ५ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell