PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्राइडे रिलिज : 'कबड्डी कबड्डी कबड्डी'लाई हलिउड र बलिउडले दिए टक्कर 



पहिलोपोस्ट

फ्राइडे रिलिज : 'कबड्डी कबड्डी कबड्डी'लाई हलिउड र बलिउडले दिए टक्कर 

काठमाडौं : आज असोज ३ गते शुक्रबार नेपालका सिनेमा हलमा तीनवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'कबड्डी कबड्डी कबड्डी', हलिउड फिल्म 'रेम्बो-लास्ट ब्लड' र बलिउड फिल्म 'द जोया फ्याक्टर' गरि तीनवटा फिल्म प्रदर्शन आएको हो।

रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी कबड्डी कबड्डी' आजबाट देखि देशभर प्रदर्शनमा आएको छ। फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्शन विक्रम राई, कर्मा, बुद्धि तामाङ, रिष्मा गुरुङ, अरुणा कार्की, कमलमणि नेपाललगायतका कलाकारहरुले अभिनय गरेका छन्। कमेडी जनरामा निर्माण भएको उक्त फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ‍ओम चन्द रौनियारको लगानी रहेको छ।

सोनम कपूर स्टारर फिल्म 'द जोया फ्याक्टर'लाई अभिषेक शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सोनमसँगै दुलकर सलमान, संजय कपूर, सिकन्दर खेर, अंगद बेदीलगायतले अभिनय गरेका छन्। उक्त फिल्म कमेडी, ड्रामा र रोमान्स जनरामा निर्माण भएको छ।

त्यस्तै हलिउड फिल्म 'रेम्बो-लास्ट ब्लड' लाई एडरिएन ग्रुनबर्गले निर्देशन गरेका हुन्। एक्शन, एडभेन्चर जनराको यस फिल्ममा सिल्भेष्टर स्टालोन, पेज भेगा, ओष्कार जैनाडालगायतका कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell