PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उपत्यकामा पाँच सय ट्राफिक स्वयंसेवक परिचालन: कलाकारदेखि एयरहोस्टेससम्म



पहिलोपोस्ट

उपत्यकामा पाँच सय ट्राफिक स्वयंसेवक परिचालन: कलाकारदेखि एयरहोस्टेससम्म
फोटो : महानगरीय ट्राफिक प्रहरी महाशाखा।

काठमाडौं : ट्राफिक नियमसम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ ट्राफिक प्रहरीले पाँच सय युवालाई ट्राफिक स्वयंसेवकको रुपमा परिचालन गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, राष्ट्रिय युवा परिषद तथा युएन नेपालको आयोजनामा १५ दिने स्वयंसेवक परिचालन कार्यक्रम गरिएको हो। आइतवार गृहमन्त्री रामबहादुर थापाले कार्यक्रमको उद्घाटन गरेका छन्।

कार्यक्रममा २३ वटा स्कुलकलेज, दुई वटा युवा क्लब, १६ वटा यातायात कम्पनी, १० जना कलाकार, १२ जना एयरहोस्टेस गरि पाँच सय जना स्वयंसेवक परिचालन गरिने छ। ट्राफिक प्रहरीले स्वयंसेवकलाई एकदिने प्रशिक्षण दिएपछि मात्र सडकमा खटाउने छ।

यसरी सडकमा खटिने स्वयंसेवकले जेब्रा क्रसमा पैदल यात्रुलाई सहयोग र ज्ञान दिने, आकासेपुल र फुटपाथको प्रयोगबारे जानकारी दिने, यात्रु चढ्ने र ओर्लिने प्रतीक्षालयमा लामबद्ध भएर सवारीमा चढ्न र ओर्लिन मद्दत गर्ने लगायत काम गर्ने छन्।

उनीहरुलाई ट्राफिक प्रहरीले दरबारमार्ग, जमल, भोटाहिटी, न्युरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, कलंकी, कुपण्डोललगायत स्थानमा परिचालन गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell