PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रज्ञामा मनाइँदै गरेको जितिया पर्वका दर्जन फोटो

प्रज्ञामा मनाइँदै गरेको जितिया पर्वका दर्जन फोटो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सन्तानको दीर्घायुका कामना गरी मनाइँदै आज जितिया पर्व मनाइँदै छ। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा थारु महिला समाजले जितियाको आयोजना गर्‍यो।

थारु महिलाहरुको महान सांस्कृतिक पर्वका रुपमा लिइने यो पर्व मधेशका महिलाहरुले पनि धूमधामसँग मनाउँछन्। 

जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ। पूर्वी तराईमा विवाहित महिलाहरुमात्र व्रर बस्छन् भने चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबै समान रुपमा व्रत बस्छन्। 

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ। सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ। जितिया व्रत दुई किसिमको हुन्छ-साधारण र खर जितिया। 

सप्तमीको बिहान  व्रतालुहरु नजिकको नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन्। नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ। 



ट्रेन्डिङ पोस्ट

Ncell