PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

साफ यू १८: नेपालको लज्जास्पद हार, भुटान सेमिफाइनलमा



पहिलोपोस्ट

साफ यू १८: नेपालको लज्जास्पद हार, भुटान सेमिफाइनलमा
तस्बिर: एन्फा

काठमाडाै‌ं: दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ काे आज भएको खेलमा आयोजक नेपाल भुटानसँग ३–० को गोल अन्तरले पराजित भएको छ।

हलचोक स्थित एपिएफको मैदानमा भएको खेलमा नेपालले समूह चरणको दोस्रो खेलमा पनि जित निकाल्न सकेन। पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल दोस्रो खेलमा भुटानसँग पराजित भएको हो।

भुटानले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गरेको हो। यो पराजय सँगै नेपाल सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना न्युन भएको छ भने भुटान सेमिफाइनल प्रवेश गरेको छ।

खेलको ३७ औं मिनेटमा येसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। 

खेलको ८६ औं मिनेटमा केल्जिङ जिग्मीले भुटानका लागि दोस्रो गोल गरे। नेपाली डिफेन्डरले फल गरेपछि भुटानले पाएको पेनाल्टीको मौका सदुपयोग गर्दै उनले गोल गरेको थिए। भुटान यतिमा रोकिएन। खेलको अन्तिम मिनेटमा फेरि अर्को गोल गर्दै कर्मा सोनमले डिफेन्डिङ च्याम्पियन नेपाल माथि ३–० को जित सुनिश्चित गरे।

अब नेपालकाे सेमिफाइनल यात्रा भुटान र माल्दिभ्स बीचकाे खेलले निर्धारण गर्नेछ। भुटानले माल्दिभ्सलाई नेपालसँगकाे भन्दा ठूलाे अन्तरमा पराजित गरेमात्र नेपाल सेमिफाइनमा पुग्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell