PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एएफसी यू १६: नेपालको सान्त्वना जित



पहिलोपोस्ट

एएफसी यू १६: नेपालको सान्त्वना जित

एएफसी यू १६ को गएराति भएको समूह चरणको खेलमा नेपालले श्रीलंका माथि सान्त्वना जित दर्ता गरेको छ। जोर्डनको प्रिन्स मोहम्मद स्टेडियममा भएको खेलमा नेपालले श्रीलंका माथि सान्त्वना जित निकालेको हो।

प्रतियोगिताको दोस्रो चरणमा जाने होडबाट बाहिरि सकेको नेपालले अन्तिम खेलमा श्रीलंकालाई पराजित गरेको हो। नेपालको जितमा मोहित गुरुङले ३६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल थपेको थियो। नेपालका लागि ६४ औं मिनेटमा गोल गर्दै अनिल चौलागाइले अग्रता दोब्बर बनाएका थिए। त्यस्तै खेलको अन्तिम मिनेटमा जान लिम्बुले गोल गर्दा नेपालले ३–० अन्तरको जित निकाल्न सफल भयो।

नेपालले समूह चरणको खेलमा निकालेको यो एकमात्र जित हो। यस अघि पहिलो नेपाल घरेलु टोली जोर्डनसँग ७–० ले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा कुवेतलाई १–१ को बराबरीमा रोकेको नेपालले तेस्रो खेलमा ताजकिस्तानसँग ७–० कै लज्जास्पद हार ब्यहोरेको थियो। नेपालले आफ्नो चौथो खेलमा श्रीलंकामाथि सान्त्वना जित निकालेको हो। श्रीलंकाले प्रतियोगितामा कुनै पनि खेलमा जित निकाल्न सकेन।

अंकतालिकामा ४ खेल खेलेको ताजकिस्तान शतप्रतिशत जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा छ। त्यस्तै समान ४ खेल नै खेलेर २ जित र १ बराबरी र १ पराजय भाेगेकाे घरेलु टिम जाेर्डन जोर्डन तालिकाको दोस्रो स्थानमा छ। यस्तै ४ खेल खेलेर १ जित, २ बराबरी र १ पराजय भोगेको कुवेत तालिकाको तेस्रो स्थानमा छ। यता ४ खेल खेलेको नेपाल १ जित १ बराबरी र २ पराजयसँगै चौथो स्थानमा छ। त्यस्तै जितबिहीन श्रीलंका तालिकाको पुछारमा छ।

नेपाल रहेककाे समूह ए मा ताजकिस्तान, जाेर्डन, कुवेत र श्रीलंका रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell