PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

इ - सिगरेटमा प्रयोग हुने इ - लिक्विडको धुँवा मानिसका लागि घातक



पहिलोपोस्ट

इ - सिगरेटमा प्रयोग हुने इ - लिक्विडको धुँवा मानिसका लागि घातक

क्यानबेरा : इ-सिगरेट (विद्युतीय चुरोट)बाट उत्पन्न हुने विभिन्न स्वादका धुँवाले फोक्सोका सेलहरु मार्ने अस्ट्रेलियाको एक अध्ययनले खुलासा गरेको छ।

इ-सिगरेटका लागि प्रयोग हुने तीन फरक ब्रान्डका फ्लेबरको युनिभर्सिटी अफ याडिलेड र रोय याडिलेड हस्पिटलले अनुसन्धान गर्दा शरीरका लागि हानी गर्ने विषादी फेला परेको हो। निकोटिन छैन भन्ने ब्रान्डका फ्लेबरमा पनि स्वास्थ्यका लागि हानिकारक तत्व रहेको अनुसन्धान रिपोर्टमा उल्लेख छ।

इ सिगरेटको धुँवाले शरीरमा प्रतिरोधक क्षमता ह्रास आउनेसमेत अनुसन्धानले देखाएको छ। इ - सिगरेटकै कारण अमेरिकामा ८ जनाको मृत्यु भएको खबर आउपछि अस्ट्रेलियाको अनुसन्धान सार्वजनिक भएको हो। अमेरिकामा मानिस मरेको खबरसँगै भारतले इ - सिगरेट पूर्ण रुपमा निषेध गरिसकेको छ।

'इ लिक्विड, मा के हालिएर तयार पारिन्छ भन्नेबारे सरकार अनुगमन गर्न असफल रहेको' पनि अध्ययनमा उल्लेख छ। यस्ता पदार्थबारे अस्ट्रेलियाका फुड स्ट्यान्डर्ड हेर्ने निकायले अनुगमन गर्ने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell