PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लुटेरा समूह नियन्त्रणमा लिन प्रहरीले धनुषामा चलायो गोली, एक जना घाइते



पहिलोपोस्ट

लुटेरा समूह नियन्त्रणमा लिन प्रहरीले धनुषामा चलायो गोली, एक जना घाइते

काठमाडौं : लुटपाट गरिरहेको समूहलाई नियन्त्रणमा लिन धुनषामा प्रहरीले गोली चलाएको छ। जानकी उपमहानरपालिका २ मा बिहीवार बिहान ३ः३० बजे सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले चार लुटेरालाई नियन्त्रणमा लिएको छ। गोली लागेर एक लुटेरा घाइते भएका छन्। लुटेरा समूहबाट प्रहरीले कटुवा पेस्तोल पनि बरामद गरेको छ। 

जानकी उपहानगरपालिका २ मा रहेको जानकी फर्निसङिमा ताला फोडेर लुट्दै गरेको अवस्थामा दशैंको सुरक्षाका लागि परिचालन गरिएको प्रहरी टोलीले उनीहरुलाई फेला पारेको थियो। चारमध्ये एकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। 

फरार भएका अन्य तीनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएको र प्रहरीले जवाफी फायरिङ गरी नियन्त्रणमा लिएको एसपी शेखर खनालले बताए। 

नियन्त्रणमा लिने क्रममा चलाइएको गोली लागेर एक लुटेरा घाइते भएका छन्। घाइते रौतहट गौर नगरपालिका- ४ बस्ने ४५ वर्षीय विनोद प्रसाद सिंह रहेको प्रहरीले जनाएको छ। यस्तै, प्रहरीले भारत विहार सितामढी बस्ने ४० वर्षीय मोहमद ईलयास, भारत बर्गिनिया बस्ने ३९ वर्षीय ओजिर अंसारी, रौतहट वृन्दावन नगरपालिका-१ रमौली बैरिया बस्ने ३५ वर्षीय गगन पटेललाई नियन्त्रणमा लिएको छ। 

प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसको गोली २ वटा बरामत गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell