PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बार्सिलोना र रियल मड्रिड पराजित हुँदै ‘कोपा डेल रे’बाट बाहिरिए



पहिलोपोस्ट

बार्सिलोना र रियल मड्रिड पराजित हुँदै ‘कोपा डेल रे’बाट बाहिरिए

स्पेनिस कोपा डेल रे अन्तर्गत गए राति भएको खेलमा प्रतियोगिताको मुख्य दाबेदार मानिने रियल मड्रिड र बार्सिलोना क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएका छन्।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग ४-३ ले पराजित भएको हो। खेलको २२ औं मिनेटमा सोसिडाडले खेलमा अग्रता बनाएको थियो। सोसिडाडका लागि मार्टिन ओडेगार्डले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। उनको गोलले सोसिडाड पहिलो हाफमा १ गोलले अगाडि रह्यो।

दोस्रो हाफमा पनि सोसिडाडले नै गोल थप्यो। खेलको ५४ औै मिनेटमा अलेक्जेन्डर इसाकले गोल गरे। फेरि त्यस्को २ मिनेट भित्र इसाकले अर्को गोल थप्दा सोसिडाडले ३ गोलको अग्रता बनायो।

यता मड्रिडका लागि खेलको ५९ औं मिनेटमा ब्राहिमको पासमा गोल गर्दै मार्सेल्लोले खाता खोले। तर, ६९ औं मिनेटमा मिचेल मेरिनोले गोल गर्दै सोसिडाडलाई ४-१ को अवस्थामा पुर्‍याए।

त्यसपछि खेलको ८१ औं मिनेटमा रोड्रिगो र अतिरिक्त समयमा नाचोले गोल गर्दै रियललाई खेलमा फर्काउन प्रयास गरे पनि यसका लागि उनीहरुको गोल पर्याप्त हुन सकेन। र, सोसिडाडले खेल ४-३ ले आफ्नो पक्षमा पार्‍यो।

गएराति नै भएको अर्को खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओ क्लबसँग पराजित भयो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा सर्जियो बसक्वेट्सले आत्मघाती गोल गर्दा बार्सिलोना पराजित हुन पु्ग्यो।

पराजयसँगै बार्सिलोना र रियल मड्रिड कोपा डेल रे को उपाधि होडबाट बाहिरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell