ताप्लेजुङ : ताप्लेजङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा आज साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूलाई ३५ वर्षीया बुहारी शुकमायको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खुकुरीले टाउको र घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। बुहारीको हत्या अभियोगमा पूर्णकुमारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँल जानकारी दिए।