काठमाडौं : विश्वकप छनोट अन्तर्गत नेपाल र अस्ट्रेलियाबीचको खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण फागुन १८ गतेबाट शुरु हुने भएको छ। फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप २०२३ चाइना छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले अस्ट्रेलियासँग खेल्दै छ।
नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिवार नै ३१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरे पनि मोफसलका लिगहरुका कारण प्रशिक्षण फागुन १८ गतेबाट मात्र शुरु हुने एन्फाले जनाएको छ।
विश्वकप छनोटको समूह बी मा रहेको नेपालले सबै अवे र कुवेतसँगको होम गेम पनि खेलिसकेको छ। अहिलेसम्मको खेलमा नेपालले चाइनिज ताइपेइलाई हराउँदा अरु सबै टोलीसँग पराजय भोग्दै तालिकाको चौथो स्थानमा छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ रहेका छन्।
नेपालको प्रारम्भिक ३१ सदस्यीय टिम
विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी,छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लोक्तान, विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ,पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना