
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र नापोली बराबरीमा रोकिएका छन्। घरेलु टोली नापोलीसँग पहिलो लेगको खेलमा बार्सिलोनाले १-१ को बराबरीमा रोकिएको हो।
सन पाओलोमा भएको खेलमा नापोलीले अग्रता बनाएको थियो। खेलको ३० औं मिनेटमा ड्राइज मेर्टिन्सको गोलमा अग्रता बनाएको नापोली पहिलो हाफमा १ गोलले अगाडि रह्यो।
दोस्रो हाफमा बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ५७ औं मिनेटमा गरेको गोलसँगै खेल १-१ को बराबरीमा पुग्यो। खेलको ८९ मिनेटमा भिडाल दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि बार्सलोना १० खेलाडीमा सीमित भएको थियो।
दोस्रो लेगका लागि बार्सिलोना र नापोली मार्च १८ मा क्याम्प नोउमा भिड्ने छन्।