काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।
समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसदमै आफू लगायत सबैको सम्पत्ति छानविनका लागि गरेको प्रस्तावमा समर्थन जनाउँदै नेता थापाले प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका प्रत्येकको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख गरेका छन्।
'यस्तो जिम्मेवारी लिएका/लिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔँ', गगनले ट्वीटरमा लेखेका छन्।
@brb1954 को भनाइसँग पूर्ण सहमत।
— Gagan Thapa (@thapagk) February 27, 2020
प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका हामी प्रत्येकको सम्पत्ति छानबिन गराैँ।
यस्तो जिम्मेवारी लिएका/लिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔँ। https://t.co/3ORh9QYeFr