PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

वीरगंजमा भएको म्याराथनमा नेपाली सेनाको वर्चश्व



राधेश्याम पटेल

वीरगंजमा भएको म्याराथनमा नेपाली सेनाको वर्चश्व

वीरगंज : नेपाली सेनाको मध्यपृतनापति गणले वीरगंजमा आयोजना गरेको म्याराथन प्रतियोगितामा नेपाली सेनाकै खेलाडीहरुको वर्चश्व देखिएको छ। ‘एकताको लागि दौड : स्वस्थ देश–स्वस्थ मधेस’ नारासहित शनिवार आयोजित म्याराथनको ४२ किलोमिटरमा भएको दौडामा नेपाली सेनाकै खेलाडीहरु प्रथम, दोस्रो र तेस्रो स्थानमा आएका छन्। २१ किलोमिटरको पुरुष र महिला तर्फ पनि नेपाली सेनाकै खेलाडीहरुले पहिलो, दोस्रो र तेस्रो स्थान ल्याएका छन्।

पुरुष ४२ किलोमिटर तर्फ सेनाका खगेन्द्र भाट प्रथम, राजन रोकाया द्वितीय, हरिकुमार रिमाल तृतिय भएका छन्। भाटले २ घण्टा २१ मिनेट १५ सेकेन्ड र रोकायले २ घण्टा २७ मिनेट ४९ सेकेन्डमा ४२ किलोमिटरको दुरी पार गर्दै क्रमशः प्रथम र द्वितिय भएका हुन्।

४२ किलोमिटरका विजेताले २ लाख, द्वितीयले डेढ लाख र तृतीयले १ लाख नगद पुरस्कारसहित शिल्ड र प्रमाण पत्र पाएका छन्। ४२ किलोमिटरका खेलाडीहरु बाराको पिलुवाबाट कलैया हुदै वीरगंजस्थित नेपाली सेनाको ब्यारेकमा पुगेका थिए भने बाँकी अन्य समुहको दौड वीरगंजबाट शुरु भएको थियो।

२१ किलोमिटरको महिला तर्फको दौडमा राजपुरा प्रछाई प्रथम, फुलमति राण द्वितीय, विन्दा श्रेष्ठ तृतीय हुँदै क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरस्कार पाए। पुरुषतर्फ गजेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय र रामजी बस्नेत तृतीय हुँदै क्रमश ७५ , ५० र ३५ हजार नगद पुरस्कारसहित शिल्ड पाए।

त्यसैगरी, १० किलोमिटर दौड अन्तर्गत महिलाको खुल्लातर्फ सकुन्तला ठगुन्ना प्रथम, मन्जु राउत द्वितीय र महिलाको विभागिय तर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, सरस्वती भट्टराई द्वितीय र बिर्सना कुमाल तृतीय हुँदै क्रमश २०, १५, १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्। १० किलोमिटरको पुरुष तर्फको खुल्लामा सागर श्रेष्ठ, दिनेश बोगटी र प्रिन्स क्रमश, प्रथम, द्वितीय र तृतीय घोषित भएका छन् भने विभागिय तर्फ कल्याण बाँनिया, गणेश ठकुरी र टंकी कार्की क्रमश प्रथम, द्वितीय र तृतीय भए। प्रथम, द्वितीय र तृतीयले क्रमशः २०, १५ र १० हजार नगदसहित पुरस्कार पाएका छन्।

५ किलोमिटर तर्फ ४० वर्ष माथिको समूहमा जयनरेश सिंह, राजेश्वर कुमार, श्याम चौधरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुदै १०, ७ र ५ हजार रुपैया पुरस्कार जिते। ५ किलोमिटरमा कलेजको कक्षा ११ र १२ को महिलातर्फ अन्जु खडका, मिना ज्ञवाली र संगीता यादव क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् भने पुरुष तर्फ नारायण कुमार कुश्मा, देव नन्दल, आदर्शकुमार पटेल क्रमशः प्रथम, द्वितीय र तृतीय हुदै १०, ७ र ५ हजार पुरस्कार जितेका छन्।

त्यसैगरी ५ किलोमिटरतर्फ कक्षा ८ देखि १० सम्ममा महिला तर्फ फुलनाज खातुन, श्रृष्टि साह र कृतिका बस्नेत क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छ्न भने पुरुषतर्फ युवराज लामा, आदेश कुमार यादव र आयुष मिश्रा क्रमश प्रथम, द्वितीय र तृतीय भए। उनीहरुले पनि क्रमश १०, ७ र ५ हजार नगद पुरस्कार पाएका छन्।

शारीरिक रुपमा अशक्तहरुको ह्विल चेयरबाट गरिएको दौडमा सन्तोष महतो, अनिल कलवार र राकेश महतो क्रमश प्रथम, द्वितीय र तृतीय घोषित भएका छन्। उनीहरुले पनि क्रमशः १०, ७ र ५ हजार पुरस्कार पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell