PahiloPost

Jul 3, 2024 | २० असार २०८१

भारतीय प्रहरीले नेपालतिर फसेका आफ्नै नागरिकमाथि चलायो गोली



राधेश्याम पटेल

भारतीय प्रहरीले नेपालतिर फसेका आफ्नै नागरिकमाथि चलायो गोली

वीरगंज : वीरगंज–रक्सौल नाकाको मितेरी पुलमा अलपत्र परेको ३ सय भारतीय नागरिकलाई लखेट्न भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।

दिउँसो ३ बजे भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरी अलपत्र परेका भारतीयलाई लखेट्न खोजेको हो। हवाई फायरपछि मितेरी पुलमा भगाभाग चलेको छ। बिहार र उत्तर प्रदेशका विभिन्न ठाउँबाट नेपालका विभिन्न ठाउँमा काम गर्दै आएका भारतीयहरु फर्किने क्रममा दशगजा क्षेत्रमा छन्।

रक्सौल–वीरगंजको दशगजा क्षेत्र मानिने मितेरी पुल आसपासमा उनीहरु अलपत्र छन्। नेपालको काठमाडौं पोखरा, भरतपुर, हेटौडा, वीरगंजलगायत क्षेत्रमा मेहनत मजदुरीको काम गर्दै आएका भारतीयहरु घर फर्किने क्रममा लकडाउनले फसेका हुन्।

‘म दश वर्षदेखि काठमाडौंमा सैलुनमा काम गर्दै आएका छु, भारतमा २१ दिने लक डाउनले गर्दा परिवार विरामी परेको सुनेर घर जाँदैछु,’ बिहार, रामगढवाका रामसुरत साहले भने, ‘तीन दिन लगाएर रातिको समय खद्यान्नको ट्रकमा जसोजसो वीरगंज पुगेको छु तर प्रशासनले पारी जान दिएको छैन।’

उनले ल्याएको केही पैसा बाटोमा सकिएको छ, राम्ररी खाना र सुत्न पनि नपाएको र परिवारको चिन्ताले पनि पिरोलेको पनि उनले बताए। भारतीयहरु सँग भारतीय भएको प्रमाणपत्र अधार कार्ड भएता पनि उनीहरुलाई प्रवेश गर्न दिइएको छैन।

यस विषयमा वीरगंजस्थित भारतीय दूतावासका मिडिया संयोजक सुरेश कुमारसँग कुरा गर्दा उनले अलपत्र परेका भारतीयलाई वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा खाना र बस्ने सुविधा मिलाइएको बताए। ‘जति दिन खान बस्न चाहे, खान र बस्न भनेको छौं,’ उनले भने, ‘तर उनीहरु घर नै जान्छु भन्दैछन, फिर्ता आएका छैनन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell