PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

महिला श्रमजिवी एवं सुरक्षाकर्मीका लागि प्रियंका चोपडाले एक लाख डलर दिने



पहिलोपोस्ट

महिला श्रमजिवी एवं सुरक्षाकर्मीका लागि प्रियंका चोपडाले एक लाख डलर दिने

बलिउड अभिनेत्री प्रियंका चोपडाले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत् एक लाख डलर सहयोग गर्ने बताएकी हुन्। उक्त रकम श्रमजिवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि खर्च गर्ने भएकी हुन्।

सहयोग घोषणासँगै उनले आफू अब हरेक साता प्रेरणादायी महिलाहरुको कथासहित प्रत्यक्ष प्रसारणमा हुने समेत जनाएकी छिन्। उनले 'टुगेदर वुमन राइज' भन्ने ह्यासट्यागको समेत सुरुवात गरेकी छिन्।

माहामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कलाकारहरुलाई अपिल गरेको थियो। डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा हातेमालो गर्न आग्रह गरेसँगै यस अभियानमा सक्रिय रहिन् बलिउड अभिनेत्री प्रियंका चोपडा। 

उनी आफ्नो सामाजिक सञ्जालमार्फत् शारीरिक दूरी कायम गर्नेदेखि हात धुने सचेतना फैलाइ रहेकी छिन्। गत साता डब्लूएचओका डाक्टरसँग इन्स्टाग्राममार्फत् प्रत्यक्ष संवादमा आएकी थिइन्। उक्त छलफलपनि यस माहामारीविरुद्ध सावधानी सम्बन्धी थियो।

प्रियंकाले सबैलाई आफ्नो स्तरबाट सक्दो सहयोगका लागि अपिल गरेकी छिन्। उनले कुनै पनि किसिमका सहयोग सानो नहुने जनाउँदै लेखेकी छिन्,'यो हामी सबै सँगै उभिनु पर्ने समय हो।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell