PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

२४ घण्टाभित्र २० शय्याको आइसोलेसन कक्ष बनाउने सांसद प्रदिप यादवको घोषणा



राधेश्याम पटेल

२४ घण्टाभित्र २० शय्याको आइसोलेसन कक्ष बनाउने सांसद प्रदिप यादवको घोषणा

वीरगंज : २४ घण्टाभित्र २० शय्याको आइसोलेसन बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव लागेका छन्। सांसद यादव बुधवार नारायणी अस्पतालमा आइसोलेसन वार्ड बनाउने कार्यमा जुटेका हुन्।

जगदम्बा ग्रुपका सञ्चालक राजेश अग्रवाल र रुगंटा वेलफेयरको आर्थिक सहयोगमा करिब १० लाख रुपैयाँको लागतमा २० शय्याको आइसोलेसन वार्ड स्थापना गर्ने सांसद यादवले घोषणा गरेका छन्। सर्लाहीदेखि पर्सा जिल्लासम्मका बिरामीहरुको चाप रहेको अस्पतालमा मात्र ५ बेडको आइसोलेसन वार्डले धान्न नसक्ने अस्पतालका चिकित्सकहरुले गुनासो गरेपछि सांसद यादवले यस्तो घोषणा गरेका हुन्।

उनले भने, ‘दुवै सरकारले वीरगंजलाई बेवास्ता गरेपछि जनताको ज्यान बचाउन उद्योगी व्यापारीहरुको अगाडि हात फैलाएको छु। उहाँहरुको आर्थिक सहयोगमा २४ घण्टाभित्र यो आइसोेलेसन वार्ड जसरी पनि तयार गरिनेछ। त्यसपछि कारोना रोगको जाँचको लागी शुक्रवारदेखि उत्रिने तयारीमा जुटेको छौँ।’

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले निजी अस्पतालहरुले ज्वरो आएका बिरामीको उपचार नगरेपछि रोगीहरुको चाप बढेको बताए।

भारतको लखनउबाट आएका एक जनामा ज्वरो र खोकी देखिएपछि आइसोलेसनमा राखिएको बताउँदै उनले वीरगंजमा पनि कारोना जाँचको लागि आवश्यक उपकरणहरुको  आवश्यकता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell