PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना परीक्षण नेगेटिभ



पहिलोपोस्ट

खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना परीक्षण नेगेटिभ
फाइल फोटो

काठमाडौँः भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सबैको रिपोर्ट नेगेटिभ आएको नियमित प्रेस ब्रिफिङमा बताए।

कोरोना भाइरसको आशंकामा आइतबारसम्म एक हजार ५२९ जनाको नमूना परिक्षण गरिएको छ। उपत्यकाबाहिर विभिन्न सात स्थानबाट कोरोना परीक्षण भइरहेको देवकोटाले बताए।

अहिलेसम्म कोरोनाका संक्रमित सबैका आफन्त तथा सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरिएको छ।

'कोरोना संक्रमित सबै जनाका आफन्त तथा सम्पर्कमा आएका सबै जनाको कन्ट्याक ट्रेसिङ गरेका छौँ। हिजो देखिएको संक्रमित केसको पनि ट्रेसिङ भएको छ', देवकोटाले भने।

हालसम्म मोबाइल एपबाट ८ हजार ९९७ जनाले कोरोना परीक्षणको आवेदन दिएका छन्। देवकोटाले चिकित्सक नर्स तथा स्वास्थकर्मीको सुरक्षाको विशेष व्यवस्था गरिएको पनि बताएका छन्। मन्त्रिपरिषदको शनिबारको बैठकले उक्त निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell