PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

कोरोना रोकथामका लागि मन्त्रिपरिषदबाट मन्त्रीहरुलाई जिम्मेवारी थप : कसले कुन क्षेत्रमा समन्वय गर्ने?



पहिलोपोस्ट

कोरोना रोकथामका लागि मन्त्रिपरिषदबाट मन्त्रीहरुलाई जिम्मेवारी थप : कसले कुन क्षेत्रमा समन्वय गर्ने?

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम , नियन्त्रण उच्चस्तरीय समितिमा नरहेका मन्त्रीहरुको जिम्मेवारी बढाएको छ। आज बसेको मन्त्रि परिषद् बैठकले मन्त्रीहरुलाई विभिन्न जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

बैठकले  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई कोरोनाले महिला, बालबालिका र जेष्ठ नागरिकमा पारेको र पार्न सक्ने असर र सुधारबारे कार्ययोजना बनाउने जिम्मेवारी तोकेको छ।

त्यस्तै महिला बालबालिका मन्त्रीलाई सामाजिक संघसस्था परिचालन गर्ने जिम्मेवारी पनि दिएको छ। भौतिक पूर्वाधार मन्त्रीलाई प्रदेश १ को कोरोना सम्बन्धी विषयलाई सम्बोधन गर्ने जिम्मेवारी दिइएको छ।

त्यस्तै बैठकले भूमि मन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेशमा समन्वय गर्ने जिम्मेवारी तोकेको छ।

खेलकुद मन्त्री जगतबहादुर सुनारलाई युवा खेलाडीहरुको राहत वितरणमा स्वयसेवक परिचालन गर्ने, त्यसका लागि योजना बनाउने र कार्यन्वयनका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको प्रवक्ता खतिवडाले जानकारी दिए।

त्यस्तै वनमन्त्री शक्तिबहादुर बस्नेतलाई कोरोना रोकथाप  र नियन्त्रणमा कर्णाली प्रदेशमा समन्वय गर्ने  जिम्मा दिइएको छ।

त्यस्तै बैठकले उर्जामन्त्री वर्षमान पुनलाई प्रदेश ५ को सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई संसदमा रहेका दलहरुसँग संवाद र समन्वय गर्ने जिम्मेवारी दिइएको प्रवक्ता खतिवडाले जानकारी दिए।

त्यस्तै श्रममन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ सरकारसँग समन्वय गर्ने तथा खानेपानी मन्त्रीलाई सुदुरपश्चिम प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मा दिइएको छ।

त्यसैगरी खानेपानी मन्त्री बीना मगरलाई सुदूरपश्चिम प्रदेश सरकारसँग कोरोना रोकथामबारे भए गरेका काममा समन्वय गर्ने जिम्मेवारी तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell