PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डाकियो नेकपा सचिवालय बैठक, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमिततामा छलफल हुने



पहिलोपोस्ट

डाकियो नेकपा सचिवालय बैठक, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमिततामा छलफल हुने
फाइल फोटो।

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलवार (भोलि) बस्ने भएको छ।

कोरोनाको औषधि खरिद प्रक्रियामा अनियमितता भएको र स्वास्थ्य सामग्री खरिद गर्न सेनालाई दिने खबर बाहिरिएपछि नेकपा सचिवालय सदस्यहरुले बैठक डाक्नुपर्ने माग राखेका थिए।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए। सचिवालय सदस्यहरुको चर्को दबावपछि बैठक मंगलवार बेलुकी ४ बजेका लागि बोलाइएको हो।

बैठकमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको र हाल कोरोनाले सिर्जना गरेको अवस्थाबारे छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए। नेकपाको पछिल्लो बैठक गत चैत ५ मा बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell