PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

कोरोनाले लियो १४ महिने नाबालकको ज्यान, भारतमै सबैभन्दा कम उमेरका



पहिलोपोस्ट

कोरोनाले लियो १४ महिने नाबालकको ज्यान, भारतमै सबैभन्दा कम उमेरका
प्रतीकात्मक तस्बिर: PTI

कोरोना भाइरसको संक्रमण देखिएका एक १४ महिने नाबालकको भारतमा मृत्यु भएको छ। गुजरातको जामनगर जिल्लामा कोभिड १९ पोजेटिभ देखिएका बालकको मल्टिपल अर्ग्यान फेलियर भएको मृत्यु भएको मंगलवार पुष्टि भएको हो।

आप्रवासी मजदूर जोडीका छोराको मृत्यु भएको हो जसको कुनै ट्राभल हिस्ट्री छैन। जामनगरको सरकारी अस्पतालमा शिशुको निधन भएको हो। अस्पतालमा भर्ना भएयता नै उनको अवस्था चिन्ताजनक थियो। दुई दिनअघिमात्रै उनमा कोभिड १९ पोजेटिभ देखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै बेला उनमा अङ्गहरुले काम गर्न छाडेका थिए।

गुजरातमा सबैभन्दा कम उमेरको कोरोना संक्रमित शिशुको निधनसँगै यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।

नाबालकमा कोरोनाको संक्रमण कहाँबाट भयो त? यतिखेर संक्रमणको स्रोत पहिचान चुनौती बनेको छ। उनका बाबुआमा उत्तर प्रदेशबाट आएर फ्याक्ट्रीमा काम गरिरहेका थिए। उनीहरु यसबीचमा कतै पनि गएको देखिएको छैन। उनीहरु बस्ने दरेद गाउँमा पूर्ण रुपमा लकडाउन गरिएको छ।

गुजरातमा अहिलेसम्म १ सय ७५ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell