PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरबाट बैतडीमा, भारतबाट आएका ३ सय २६ जनाको थ्रोट स्वाब संकलन



पहिलोपोस्ट

स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरबाट बैतडीमा, भारतबाट आएका ३ सय २६ जनाको थ्रोट स्वाब संकलन
तस्बिर : बसन्त विष्ट

बैतडी: बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका नेपालीको थ्रोट स्वाब संकलन गरिएको छ। स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली आज काठमाडौंबाट हेलिकोप्टरमा आएको थियो।

स्वास्थ्यकर्मीसहितको टोलीले पुर्चौडी नगरपालिका भित्रका (हाट, कुवकोट गहताड, न्वादेउ नाकाली) मा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका ३ सय २६ जनाको स्वाब संकलन गरेर कोरोना भाइरस परीक्षणका लागि काठमाडौं लगेको छ|

यस्तै, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा क्वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाबको नमूना संकलन कार्य शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। संकलन गरिएको थ्रोट स्वाबलाई आज नै काठमाडौं पठाइने छ।

कोभिड १९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि टोली बैतडी आइपुगेको हो। कुलाउमा शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकामा क्वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाबको नमूना संकलन भएको छ|



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell