PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

इटाली र फ्रान्समा घट्दै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या



इटाली र फ्रान्समा घट्दै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या
Photo: Giuseppe Lami/EPA

कोरोना भाइरस (कोभिड-१९)बाट सबैभन्दा बढी प्रभावित मानिएका इटाली, फ्रान्स तथा अमेरिकाको न्यू योर्कमा मृत्युदर घट्दै गएको छ। विश्वभर कोभिड-१९ संक्रमितको संख्या १८ लाख भन्दा बढी पुग्दै गर्दा यी क्षेत्रहरुमा अवस्था सुधारोन्मुख देखिएको हो

इटालीको नागरिक सुरक्षा एजेन्सीका अनुसार बितेको २४ घण्टामा ४३१ जनाको मृत्यु भएको छ, जुन मार्च १९ यताकै कम हो। अघिल्लो दिन मृत्यु हुनेको संख्या ६१९ थियो।

यता फ्रान्समा आइतवार ३१५ जनाको मृत्यु भएको छ। त्यहाँ शनिवार ३४५ जनाको मृत्यु भएको थियो।

जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार विश्वभर १ लाख १४ हजार भन्दा बढी मानिसहरुको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ। त्यस्तै संक्रमित भएकामध्ये ४ लाख ३१ हजार ६२९ जना निको भएका छन्।

यो पनि :

कोभिड-१९ बाट संक्रमित हुनेको संख्या विश्वभर १८ लाख ४८ हजार बढी, १ लाख १४ हजारको मृत्यु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell