PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोभिड-१९ बाट संक्रमित हुनेको संख्या विश्वभर १८ लाख ४८ हजार बढी, १ लाख १४ हजारको मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ बाट संक्रमित हुनेको संख्या विश्वभर १८ लाख ४८ हजार बढी, १ लाख १४ हजारको मृत्यु
Photo: coronavirus.jhu.edu/map

कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८५ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १८ लाख ४८ हजार ५०३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये १ लाख १४ हजार १८५ जनाको मृत्यु भएको छ

सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा ५ लाख ५६ हजार ४४ रहेको छ। त्यस्तै स्पेनमा १ लाख ६६ हजार ८३१, इटालीमा १ लाख ५६ हजार ३६३, फ्रान्समा १ लाख ३३ हजार ६७०, जर्मनीमा १ लाख २७ हजार ८५४, बेलायतमा ८५ हजार २०८, चीनमा ८३ हजार १३५ तथा इरानमा ७१ हजार ८६८ जना संक्रमित भएका छन्।

यसैगरी कोभिड-१९ का कारण अमेरिकामा सबैभन्दा धेरै २२ हजार ७३ जनाको मृत्यु भएको छ। त्यस्तै इटालीमा १९ हजार ८९९, स्पेनमा १७ हजार २०९, फ्रान्समा १४ हजार ३९३, बेलायतमा १० हजार ६२९, इरानमा ४ हजार ४७४ र चीनमा ३ हजार ३४३ जनाको मृत्यु भएको छ

यसैगरी कोभिड-१९ बाट संक्रमित भएकामध्ये ४ लाख ३१ हजार ६२९ जना निको भएका छन्। जसमा सबैभन्दा बढी चीनमा ७७ हजार ९५६ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell