PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

समस्या नसुल्झाए देश र विदेशमा रहेका श्रमिककै आक्रोशमा देश जल्ने डाक्टर बाबुराम भट्टराईको चेतावनी



पहिलोपोस्ट

समस्या नसुल्झाए देश र विदेशमा रहेका श्रमिककै आक्रोशमा देश जल्ने डाक्टर बाबुराम भट्टराईको चेतावनी

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रेमिटेन्स भित्र्याउने विदेशमा रहेका र नेपालभित्रै रहेका श्रमिकको समस्या नसुल्ट्याउने हो भने त्यसले नाकारात्मक असर पार्ने बताएका छन्।

देशको अर्थतन्त्र धान्न देश बाहिरका ६० लाख र देशभित्रका ६५ लाख श्रमिकको व्यवस्थापन हुन नसके उनीहरुकै आक्रोशमा देश जल्ने चेतावनी दिएका छन् भट्टराईले। आज ट्विटमा भट्टराईले लेखेका छन् - 'कोरोना महाब्याधीको बेला हामी सबभन्दा नराम्ररी चुकेको देशको अर्थतन्त्र येनकेन धान्दै आएका अन्दाजी देशबाहिरका ६० लाख र देशभित्रका ६५ लाख श्रमिकहरूको व्यवस्थापनमा हो। कृषिबाट विस्थापित र मूलत: अनौपचारिक/अस्थायी रूपमा कार्यरत यिनीहरूको समस्या हल नगरे कोरोनापछि देश यिनकै आक्रोशमा जल्नेछ है!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell