काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र लकडाउन थप प्रभावकारी बनाउन बालुवाटारमा उच्चस्तरीय बैठक बोलाएका छन्।
अपराह्न ४ बजेदेखि जारी बैठकमा लकडाउनबाट जनताले पाएको दु:ख र समाधानको उपाय र आर्थिक प्याकेजबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री ओली, उच्चस्तरीय समन्वय समितिका पदाधिकारी, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुख र मन्त्रालयका सचिवहरु सहभागी छन्।
पछिल्लो समय लामो लकडाउनले मजदुर वर्ग खान नपाएर हिँडेरै घर जान थालेको र बाटोमा दु:ख पाउँदा समेत सरकारले नहेरेको भन्दै आलोचना भइरहेको छ।