बलिउड बादशाह शाहरुख खानले लकडाउनको समयमा जनावरहरुको ध्यान राख्न आफ्ना फ्यानलाई अपिल गरेका छन्।
लकडाउनका कारण मानिसमात्र होइन सडक छेउ बस्ने जनावरलाई पनि समस्या छ। गाई, कुकुर र अन्य जनावर भोको परेका छन्। तर, मानिस जसरी जनावरले आफ्नो व्यवस्था आफै गर्न सक्दैनन्। यस्तो बेलामा शाहरुखले फ्यानलाई पशु तथा जनावरको हेरचाह तथा सेवा गर्न आग्रह गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, 'संसार कोभिड १९ सँग लडिरहेको छ। हामीले ती मानिसको पनि ध्यान राख्नुपर्छ जसको कुनै आवाज छैन। यो कुराको पूर्णरुपमा ख्याल गर्दै तपाईंको वरिपरी सडकमा बस्ने जनावर भोकै नरहुन्। जनावरप्रति तपाईंहरु दयाको भावना राख्नुस्।'
शाहरुखका साथै सिद्धार्थ मल्होत्रा र करण जौहरले पनि सडकमा अलपत्र पशु चौपाया र जनावरको भोजनमा ध्यान दिन अपिल गरेका छन्।
As the world is coping with the outbreak of COVID-19, We must not forget those without a voice. Let's make sure stray & abandoned animals are treated with care and compassion.
— Shah Rukh Khan (@iamsrk) April 17, 2020
Help @amtmindia via
https://t.co/IoZC3Y1mcI