काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सुझाव दिएका छन्।
प्रधानमन्त्रीले सरकारी मिडियामा दिएको अन्तर्वार्तापछि थापाले यस्तो सुझाव दिँदै कडा ट्विट गरेका हुन्।
उनले लेखेका छन् - 'हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज'कर्कश ध्वनि'ठान्ने हो भने @PM_Nepal ज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!
हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज'कर्कश ध्वनि'ठान्ने हो भने@PM_Nepalज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!
— Gagan Thapa (@thapagk) April 20, 2020