PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

तीन महिनाअघि हिमपहिरोमा परी अन्नपूर्ण आधार शिविरमा हराएका एक जना कोरियन नागरिकको शव सेनाले निकाल्यो



पहिलोपोस्ट

तीन महिनाअघि हिमपहिरोमा परी अन्नपूर्ण आधार शिविरमा हराएका एक जना कोरियन नागरिकको शव सेनाले निकाल्यो

काठमाडौ : नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला पारेको छ।

तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये एक जना कोरीयन नागरिको शव फेला पारेको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको समन्वयमा श्री विशेष फौज बाहिनी अनन्तर्गत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको टोलीले खोज तथा उद्धार गरेको हो।

सोमवार फेला परेको शवलाई आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पुयाएको नेपाली सेनाले जानकारी दिएको छ।
उक्त स्थानमा हराइरहेका बाँकी एक नेपाली र एक कोरियालीको खोजी भइरहेको सेनाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell