PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भेट्रान बलिउड अभिनेता ऋषि कपुरको निधन



पहिलोपोस्ट

भेट्रान बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउडका भेट्रान अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ वर्षीय कपुरको स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो। उनको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनको निधन बारे टाइम्स नाउले ट्वीट गरेको छ। बलिउडका अर्का भेट्रान अभिनेता अमिताभ बच्चनले पनि लेखेका छन्, 'ऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ।' 

सन् २०१८ कपूरले आफू उपचारका लागि अमेरिका जान लागेको बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदा धेरैले स्वास्थ्य लाभको कामना गरेका थिए। भलै उनको समस्या बारे कसैलाई थाहा थिएन। अमेरिका गएको केही पछि उनकी श्रीमती नीतु कपूरको ट्वीटरमार्फत‍् उनलाई क्यान्सर भएको संकेत दिएकी थिइन्। 

ऋषिको ब्लड क्यान्‍सर थर्ड स्टेजमा पुगेपछि उपचार सुरु भएको थियो।  सन् २०१९ को मेमा ऋषि कपूरका भाइ रणधिर कपूरले आफ्ना दाजु क्यान्सर मुक्त भएको जानकारी दिएका थिए। 

नियमित स्वास्थ्य परीक्षण गराइरहेका उनी फिल्म क्षेत्रमा पनि सक्रिय थिए। सन् २०२० को सुरुवातमा फिल्म 'शर्माजी नम्किन' छायाँकनका क्रममा उनको स्वास्थ्यमा खराबी देखिएको थियो। बुधबार अभिनेता इरफान खानको मृत्युको खबर सार्वजनिक भएको केही घण्टा पछि कपुरलाई अस्पताल पुर्‍याइएको खबर आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell