PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बढी मूल्य लिएर मास्क र पीपीई बिक्री गर्ने सर्जिकल हाउसलाई दुई लाख जरिवाना



पहिलोपोस्ट

बढी मूल्य लिएर मास्क र पीपीई बिक्री गर्ने सर्जिकल हाउसलाई दुई लाख जरिवाना

कैलालीः धनगढीमा रहेको ग्लोवल सर्जिकल हाउसलाई मास्क र पीपीईमा तोकिएभन्दा बढी रकम लिएर बिक्री गरेको भन्दै जरिवाना गरिएको छ। पीपीई र मास्कमा कालोबजारी गरेको भन्दै सयुक्त बजार अनुगमन समितिले हाउसलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो।

मास्कमा ६० प्रतिशतभन्दा बढी र पीपीईमा ४४ प्रतिशतसम्म मूल्य बढाएर बिक्री गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुन मगरले बताए ।

लकडाउनपछि बजारमा कालोबजारी बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी समितिले जिल्लाभर अनुगमन जारी राखेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell