PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

घर छाडेर मदरसामा बस्दै आएका थिए बाँकेका संक्रमित



पहिलोपोस्ट

घर छाडेर मदरसामा बस्दै आएका थिए बाँकेका संक्रमित

काठमाडौं : भेरी अस्पतालमा ल्याब परीक्षण (पीसीआर) मा कोरोना भाइरस पोजेटिभ देखिएका बाँकेका ६० वर्षीय पुरुष दुई महिनादेखि मदरसामा बस्दै आएको खुलेको छ।

अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाले नेपालगन्ज रोडमा घर भई यहाँको एकलाइनीस्थित मदरसामा बस्दै आएको खुलेको बताए।

'थप जानकारी छैन। फोन पनि रहेनछ। अगाडिबाट कुरा गर्न मिलेन। मोबाइलको व्यवस्था गरेर बुझ्ने प्रयास गर्दैछौं,' डाक्टर थापाले भने।

उनका अनुसार संक्रमितलाई एम्बुलेन्सबाट अस्पताल लैजाने तयारी भइरहेको छ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले पनि संक्रमितबारे बुझ्ने काम भइरहेको बताए।

'उनको गाउँमा उनीसँग सम्पर्कमा आएका मानिसलाई अलग राख्ने काम सुरु भएको छ। बुझ्ने काम भइरहेको छ। हामी ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ खोज्दैछौं।'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जका ती पुरुषलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell