PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

माघको हिमपहिरोमा पुरिएका थप दुई जनाको शव फेला



पहिलोपोस्ट

माघको हिमपहिरोमा पुरिएका थप दुई जनाको शव फेला

काठमाडौं : नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला पारेको छ। 
 सेनाले तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये एक नेपाली र एक कोरियनको शव निकालेर नेपाल प्रहरीको जिम्मा लगाएको छ। पोखरास्थित सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोलीले  शवको शुक्रवार उद्धार गरि परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको नेपाली सेनाले जनाएको छ।
यो सँगै हिमपातमा परेका सबैको उद्धार गरिसकेको नेपाली सेनाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell