PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संघीय संसद्को महासचिवमा भरतराज गौतम सिफारिस, को हुन् उनी?



पहिलोपोस्ट

संघीय संसद्को महासचिवमा भरतराज गौतम सिफारिस, को हुन् उनी?

काठमाडौँः संघीय संसद्को महासचिवमा डा. भरतराज गौतमको नाम सिफारिस भएको छ । संवैधानिक व्यवस्था अनुसार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. गौतमलाई महासचिवमा सिफारिस गरेका हुन्। सिफारिस अनुसार संसद्को महासचिव राष्ट्रपतिबाट नियुक्त हुनेछ। 

गौतम हाल सचिवालयका सचिव हुन्। महासचिवमा प्रतिस्पर्धामा सचिवालयका अर्का सचिव ध्रुवप्रसाद घिमिरे पनि थिए। यद्यपि वरिष्ठताका आधारमा गौतमको नाम सिफारिस गरिएको हो। 

सचिवालयले सिफारिस अनुसारको पत्राचार राष्ट्रपति कार्यालयमा पठाइसकेको छ। चैत ३ गतेदेखि महासचिव पद रिक्त छ। तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि पद रिक्त भएको हो। यसबीचमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले कार्यवहाक महासचिवको जिम्मेवारी पाएका थिए। 

लामाचौर कास्कीका गौतम २०५१ साल न्याय सेवाको नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन्। २०५१ मै गौतम संसद् सेवाको शाखा अधिकृतमा प्रवेश गरेका हुन्। २०७५ असारमा उनी संसद्को सचिवमा बढुवा भएका थिए। गौतमले प्रशासनिक पुनर्संरचनामा त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell