PahiloPost

Jun 23, 2024 | १० असार २०८१

अब एकल पुरुषलाई पनि मासिक भत्ता !



रासस

अब एकल पुरुषलाई पनि मासिक भत्ता !

मेलम्ची: एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरुआत् गरेको छ।

सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

उनका अनुसार पालिकाले सो भत्ता वितरणका लागि चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन थियो। 'राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिक रूपमै हामीले त्यसको शुरुआत गरेका हौँ। समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो,' उनले भने।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोरो सुविधा पाउने छैनन्। हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० को हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ।

अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell