PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

मन्त्री नेम्वाङलाई गगनको पत्र : उपत्यकाको सडक र यातायात पूर्वाधार सुधारका लागि चार सुझाव



पहिलोपोस्ट

मन्त्री नेम्वाङलाई गगनको पत्र : उपत्यकाको सडक र यातायात पूर्वाधार सुधारका लागि चार सुझाव

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले काठमाडौं उपत्यकाको सडक र यातायात पूर्वाधारमा सुधारका लागि सरकारलाई चार वटा सुझाव दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद थापाले आगामी आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रममा उपत्यकाको यातायात पूर्वाधारलाई प्राथमिकता दिन अनुरोध गरेका हुन्।

उनले यातायात प्रणालीको गुरुयोजना, फुटपाथ निर्माण तथा विस्तार आयोजना, सडक निर्माणको ठेक्का प्रणालीमा परिवर्तन र सवारी प्रदूषण परीक्षणका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने सुझाव मन्त्री नेम्वाङलाई दिएका हुन्।

रघुवीर महासेठलाई विस्थापन गर्दै यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका नेम्वाङले कुनै चर्चाविना चुपचाप काम गरिरहेका छन्। उनको कामबाट प्रभावित हुँदै धेरै अझ धेरै आशा राखेका छन्। यसैक्रममा सांसद थापाले पनि मन्त्री नेम्वाङबाट कार्यान्वयन हुने अपेक्षासहित चार वटा सुझाव दिएका हुन्।

त्यसो त मन्त्री नेम्वाङले थापासहितका सांसदलाई मन्त्रालयमा बोलाएर आगामी वर्षको बजेट तथा कार्यक्रम कस्तो ल्याउने भनेर छलफल गरेका थिए।

सांसद थापाले संघ, प्रदेश र स्थानीय तहमा छरिएर रहेका निकाय, छरिएको अध्ययन, छरिएका संरचना र आ-आफ्नै प्राथमिकताका कारण उपत्यकाको यातायात पूर्वाधार निर्माण अलमलिएको टिप्पणी गर्दै प्रशासनिक सीमा रेखाहरु फरक फरक भए पनि भौगलिक अवस्थिति, प्रकृति र संस्कृति अनि बसोबासका हिसाबले काठमाडौं उपत्यकालाई सहरी विकास नीतिको मध्यनजर एक इकाईको रुपमा हेरिनु आवश्यक रहेको बताएका छन्।

'उपत्यकालाई एकीकृत ढंगले हेर्नुपर्दछ र विशेषगरी यस क्षेत्रको सडक पूर्वाधार र यातायात प्रणालीको व्वस्थापन र यसको विकासको लागि एउटै गुरुयोजना बनाएर अगाडि बढ्नुपर्छ,' उनले भने।

मन्त्रालयले उपत्यकाभित्र यातायात पूर्वाधार र प्रणालीमा काम गरिरहेका तिनै तहका सबै निकायलाई सम्मिलित गरेर, हालसम्म भएका अध्ययनहरुको पुनरावलोकन गर्ने र उपत्यकाका यातायात पूर्वाधार र प्रणालीको एकीकृत गुरुयोजना बनाउनुपर्ने थापाको भनाई छ।

'गुरुयोजनामा आधारित भएर जुन तहको जुन निकायको कार्यभित्र जे पर्छ, तोकिएको समयभित्र तत्-तत् निकायले त्यो काम सम्पन्न गर्ने नीतिगत व्यवस्था गरिनुपर्छ,' उनले भनेका छन्, 'यो वर्षको मन्त्रालयको कार्यक्रममा 'काठमाडौं उपत्यका यातायात गुरुयोजना' निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्न अनुरोध गर्दछु।'

एकीकृत गुरुयोजनाले उपत्यकाको यातायात प्राणालीको सम्बन्धमा एक अवधारणालाई स्थापित गर्ने, सबै निकायले सोही गुरुयोजना अनुसार काम गर्ने र स्रोत साधनको उच्चतम प्रयोग र समयको सदुपयोगमा सहयोग पुग्ने थापाको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell